• ट्रेण्डिङ्ग :
झापामा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापामा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु


  • 4.6K
    SHARES
    • भाद्र ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    झापामा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

    झापा । झापाको दमक नगरपालिका–४ चियाबगानमा हिजो बेलुकी कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् । 

    images

    कारको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ । 

    पैदल हिंडिरहेका उनलाई हिजो बेलुकी सवा ८ बजे बा ९ च ९६७३ नम्बरको कारले ठक्कर दिएको थियो । 

    कारसहित चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।