• ट्रेण्डिङ्ग :
वामपन्थी नेताको बुझाइमा आलोचनात्मक दृष्टिकोण भएका प्रजातन्त्रवादी, मानवतावादी र समाजवादी चिन्तक गिरी

वामपन्थी नेताको बुझाइमा आलोचनात्मक दृष्टिकोण भएका प्रजातन्त्रवादी, मानवतावादी र समाजवादी चिन्तक गिरी


  • 3.9K
    SHARES
    • भाद्र ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.0K Views

    वामपन्थी नेताको बुझाइमा आलोचनात्मक दृष्टिकोण भएका प्रजातन्त्रवादी, मानवतावादी र समाजवादी चिन्तक गिरी

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई वामपन्थी नेताहरूले आलोचनात्मक दृष्टिकोण भएको माथिल्लो स्तरको प्रजातन्त्रवादी र मानवतावादी चिन्तकका रूपमा स्मरण गरेका छन् ।

    images

    उनीरूले  गिरीलाई नेपाली समाजले अध्ययनमा मेधावी, बौद्धिक तर्कसहितको मन्तव्य प्रस्तुत गर्ने हैसियत राख्ने मिलनसार र लोकतान्त्रिक मूल्य, मान्यतामा अडिग राजनीतिक व्यक्तित्वका रूपमा सदासर्वदा सम्झिरहने धारणा व्यक्त गरेका छन्। नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले वैचारिक राम्रो अध्ययन भएको लोकतान्त्रिक मूल्य, मान्यतामा विश्वास गर्ने  राजनीतिज्ञका रूपमा  आफूले नेता गिरीलाई लिने गरेको बताए ।

    उनले भने, “उहाँसँग मेरो साह्रै राम्रो सम्बन्ध थियो, सदासर्वदा हामीबीच सम्पर्क र सम्बन्ध रह्यो ।  संसद्मा पनि उहाँको प्रस्तुति निकै राम्रो हुन्थ्यो । कसैप्रति पूर्वाग्रह नराख्ने सबैसँग मूल्य र मान्यताका आधारमा अघि बढ्नुपर्छ भन्ने मान्यता राख्ने गिरी लोकतान्त्रिक आन्दोलनको योद्धा हो ।” उनको असामयिक निधनले ठूलो क्षति भएको भएको जनाउँदै पूर्वसभामुख नेम्वाङले भने, “असहमतिका विषय पनि छयाङ्ग भन्ने सादगी र साह्रै मिलनसार हुनुहुन्थ्यो । नेपालका राजनीतिज्ञले उहाँको सादा जीवनशैली, जतिबेला पनि अध्ययनमै डुबिरहने शैलीबाट सिक्नुपर्छ ।”

    संविधानसभाका अध्यक्ष नेम्वाङले भने, “प्रदीपजी बोल्ने भनेपछि संसद्मा सुन्न बस्नेको सङ्ख्या ठूलो हुन्थ्यो, त्यो उहाँले कमाएको ठूलो सम्पत्ति र सम्मान हो ।” दर्शनशास्त्र, अर्थशास्त्र, राजनीतिक क्षेत्रको विश्लेणषसम्बन्धी विशेषज्ञता हासिल गरेका गिरीको गए राति उपचारका क्रममा निधन भएको हो । नेकपा (माओवादी केन्द्र)का नेता सुरेन्द्र कार्कीले दर्शनशास्त्रको अध्ययनमा मेधावी व्यक्तित्व गिरीले बाल्यकालदेखि नै अध्ययन चिन्तनमा कुशाग्रह देखाएको बताए। उनले भने,  “गिरीमा भौतिक सुख भोग, बिलासी, ऐसआरामभन्दा ज्ञानको भोक बढी थियो । जीवनभर कांग्रेस रहे तापनि कालमाक्र्स र लेनिन बौद्धिकताप्रति काविल हुनुहुन्थ्यो । आलोचनात्मकरूपमा विषयवस्तु बुझ्ने प्रदीपजीको सबैभन्दा राम्रो गुण हो ।” 

    उनी कसैप्रति अन्धधुन्ध समर्थक हुनुहुन्थेन, माक्र्स, गन्धी, राममनोहर लोहिया, जयप्रकाश नारायणन् र विपी कोइरालाप्रतिको दृष्टिकोणसमेत सम्मानजनक र आलोचनात्मक राख्ने गिरीजी त्यस्तो विचार प्रकट गर्न सक्ने माथिल्लो स्तरको व्यक्ति भएको बताउँदै नेता कार्कीले भने, “गिरी आलोचनात्मक दृष्टिकोण भएको प्रजातन्त्रवादी र मानवतावादी चिन्तक हुनुहुन्थ्यो ।”


    तेस्रो आँखा
    लेखकबाट थप