काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठकले पूर्वकेन्द्रीय सदस्य तथा सांसद प्रदीप गिरिको शोकमा पार्टी कार्यालयहरुमा तीन दिन झण्डा झुकाउने निर्णय गरेको छ ।
केन्द्रीय समितिको बैठकले गिरिको शोक प्रस्ताव पारित गर्दै पार्टी कार्यालयहरुमा तीन दिन झण्डा झुकाउने निर्णय गरेको हो ।
यस्तै, १३ दिनसम्म देशभरका कार्यालयहरुमा प्रदीप गिरिका लागि शोक पुस्तिका राख्ने र शोक प्रकट गर्नेहरुका लागि खुला गर्ने पनि निर्णय गरेको छ ।
