• ट्रेण्डिङ्ग :
बाढीमा परी अफगानिस्तानमा १० जनाको मृत्यु, सयौं घरहरू ध्वस्त

बाढीमा परी अफगानिस्तानमा १० जनाको मृत्यु, सयौं घरहरू ध्वस्त


  • 6.9K
    SHARES
    • भाद्र ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    बाढीमा परी अफगानिस्तानमा १० जनाको मृत्यु, सयौं घरहरू ध्वस्त

    काठमाडौं । अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा शनिबार आएको बाढीमा परी कम्तीमा १० जनाको ज्यान जानुको साथै सयौं घरहरू ध्वस्त भएका सरकारी समाचार संस्था बख्तरले आइतबार जनाएको छ । 

    images

    भारी वर्षापछि आएको बाढीको कारण शनिबार दिउँसो लोगार प्रान्तको खुशी जिल्लाका धेरै गाउँहरुका दश जनाको मृत्यु भएको छ र सयौं घरहरु बगाएको वा नराम्ररी क्षति पुगेको समाचार बख्तरले जानकारी दिएको छ ।

    बाढीले खुशी जिल्ला आसपासका सयौं हेक्टर खेतबारीसमेत नष्ट गरेको छ ।  विगत केही महिनामा युद्धग्रस्त यस देशका ३४ प्रान्तमध्ये दश प्रान्तमा अविरल वर्षा र बाढीका कारण दुई सय भन्दा बढी व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप