• ट्रेण्डिङ्ग :
प्रदीप गिरीको शवयात्रा सातदोबाटो हुँदै आर्यघाटसम्म, प्रहरीको टुकुडीले सलामी अर्पण गर्ने

प्रदीप गिरीको शवयात्रा सातदोबाटो हुँदै आर्यघाटसम्म, प्रहरीको टुकुडीले सलामी अर्पण गर्ने


  • 6.9K
    SHARES
    • भाद्र ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    प्रदीप गिरीको शवयात्रा सातदोबाटो हुँदै आर्यघाटसम्म, प्रहरीको  टुकुडीले सलामी अर्पण गर्ने


    काठमाडौं । नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी  कार्यालय सानेपाबाट साढे  दुई बजे शव यात्रासहित पशुपति लाने तयारी भएको छ । शवयात्रा सानेपा, सातदोवाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशला भएर पशुपति आर्यघाट पुग्ने पार्टी कार्यालयले जनाएको छ । 

    images

    आर्यघाटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरुले श्रद्धाञ्जली दिने छन् । नेपाल प्रहरीको एक टुकुडीले उनको सम्मानमा सलामी अर्पण गर्नेछ । 

    प्रतिनिधिसभा सदस्य गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान ११ः३० देखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपा प्राङ्गणमा राखिएको थियो । उनको उपचारको क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा भदौ ४ गते राति ९ः३० बजे निधन भएको हो ।


    तेस्रो आँखा
    लेखकबाट थप