तेस्रोआँखा डेस्क
काठमाडौँ,मंसिर २५ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीको सुचीमा नपारेपछि बिश्वप्रकाश शर्मालाई संस्थापन इतर समुहले तान्ने प्रयास गरेको छ । संस्थापन इतरबाट सभापति पदमा उम्मेदवारी दिने तयारीमा रहेका डा. शेखर कोइरालाले शर्मालाई आफ्नो टिममा आउन आग्रह गरेका हुन् । कोइरालाले आफ्नो समुहबाट महामन्त्रीमा उम्मेदवारी दिन शर्मालाई आग्रह गरेको एक नेताले बताएका छन् । शर्मा देउवाको टिमबाट महामन्त्रीमा लड्ने योजनामा थिए । तर कृष्णप्रसाद सिटौलासंग बनेको सहमतीका कारण सिटौलाको तर्फबाट देउवाले प्रदीप पौडेललाई महामन्त्रीमा समेट्ने तयारी गरेका छन् । पौडेल महामन्त्रीको उम्मेदवार बन्ने भएपछि शर्मा महामन्त्रीको रेसबाट बाहिरिने लगभग निश्चित बनेको छ । यता शेखर कोइरालाको प्रस्ताव मानेको खण्डमा शर्मा र गगन थापा एकै समुहबाट महामन्त्रीको उम्मेदवार बन्ने छन् । गगन शेखर कोइरालाको समुहका महामन्त्री पदका उम्मेदवार हुन् ।
