• ट्रेण्डिङ्ग :
गिरीलाई अन्तिम श्रद्धाञ्जली दिन एमाले अध्यक्ष ओली आर्यघाटमा

गिरीलाई अन्तिम श्रद्धाञ्जली दिन एमाले अध्यक्ष ओली आर्यघाटमा


  • 6.3K
    SHARES
    • भाद्र ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    गिरीलाई अन्तिम श्रद्धाञ्जली दिन एमाले अध्यक्ष ओली आर्यघाटमा

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीप्रति अन्तिम श्रद्धाञ्जली दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आर्यघाट पुगेका छन्।

    images

    नेता गिरीको ७५ वर्षको उमेरमा गए राति साँढे नौं बजे ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । गिरिको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलीका लागि अध्यक्ष ओली, प्रधानमन्त्री शेरबहाखुर देउवा, सभामुख अग्नि सापकोटा लगायत शीर्ष नेताहरू आइतबार दिउँसो आर्यघाट पुगेका हुन् ।

    यसअघि कांग्रेस पार्टी केन्द्रिय कार्यालय सानेपामा राखिएको उनको पार्थिक शरिरमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाई सम्मान गरेका थिए। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइरालालगायतका नेता, कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेका थियो । 


    तेस्रो आँखा
    लेखकबाट थप