• ट्रेण्डिङ्ग :
नेप्सेमा एकल अंकको सामान्य गिरावट, दुई अर्ब रुपैयाँ बराबरको कारोबार 

नेप्सेमा एकल अंकको सामान्य गिरावट, दुई अर्ब रुपैयाँ बराबरको कारोबार 


  • 7.1K
    SHARES
    • भाद्र ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    नेप्सेमा एकल अंकको सामान्य गिरावट, दुई अर्ब रुपैयाँ बराबरको कारोबार 

    काठमाडौं । साताको पहिलो दिन (आइतवार) सेयर बजार एकल अंकले सामान्य रूपमा घटेको छ ।  दिनभरजसो घटबढ भएको नेप्से बन्द हुने बेलामा ७ दशमलव ७२ अंकले घटेर २ हजार ६० दशमलव ५५ विन्दुमा पुगेको छ ।

    images

    बैंक, होटल, निर्जीवन बीमा र उत्पादन समूहको सेयर आइतबार सामान्य रूपमा बढे पनि अरू समूहको सेयर बजार घटेको छ । आइतबार दुई सय १८ वटा कम्पनीको ५३ लाख ३९ हजार कित्ता सेयर २ अर्ब ४ करोड ७० लाख रुपैयाँमा कारोबार भएको जनाइएको छ ।

     रिडी हाइड्रो पावरको १२ करोड २८ लाख र अपी पावर कम्पनीको १० करोड रुपैयाँको सेयर सबैभन्दा धेरै किनबेच भएको छ । रिभर फल्स कम्पनी र हिमालयन हाइड्रो पावर कम्पनीको सेयर आइतबार ५ प्रतिशतभन्दा धेरैले घटेको छ । मन्दाकिनी हाइड्रो र अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर भने १० प्रतिशतले बढेको छ ।


    तेस्रो आँखा