काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधनमा संसद्का दुवै सदनले सोमबार शोक प्रस्ताव प्रस्तुत गर्ने भएका छन् ।
आइतबारका लागि तय गरिएको बैठक स्थगित गरेर सोमबारका लागि आह्वान गरिएको हो । गिरिको निधनकै कारण आइतबारको बैठक स्थगित गरिएको थियो ।
राजनीतिक विश्लेषकसमेत रहेका गिरिको उपचारका क्रममा शनिबार राति साढे ९ बजे निधन भएको थियो ।
