• ट्रेण्डिङ्ग :
काठमाडौंको नगर प्रहरी प्रमुखबाट हटाइए धनपति 

काठमाडौंको नगर प्रहरी प्रमुखबाट हटाइए धनपति 


  • 4.9K
    SHARES
    • भाद्र ६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    काठमाडौंको नगर प्रहरी प्रमुखबाट हटाइए धनपति 

    काठमाडौं ।  काठमाडौंको नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट प्रहरी उपरीक्षक धनपति सापकोटा हटाइएका छन्। आइतबार काठमाडौं महानगरपालिकाले सापकोटालाई नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर नयाँ प्रहरी उपरीक्षकलाई जिम्मेवारी दिइएको हो। 

    images


    महानगरपालिकाले प्रहरी उपरीक्षक राजु पाण्डेलाई प्रमुखको जिम्मेवारी दिएको हो।  सापकोटाको ठाउँमा प्रहरी उपरीक्षक पाण्डेलाई जिम्मेवारी दिइएको काठमाडौं महानगरपालिकाका सह–प्रवक्ता महेश काफ्लेले जानकारी दिए।


    उनले यसलाई नियमित प्रक्रिया भएको बताएका छन्।  काठमाडौं महानगरपालिकामा पाँच जना नगर प्रहरी उपरीक्षक छन्। धनपति सापकोटा यसअघि लामो समयदेखि प्रमुखको जिम्मेवारीमा रहेका  थिए।

  • सम्बन्धित विषय:

  • # काठमाडौंको नगर प्रहरी

  • तेस्रो आँखा