• ट्रेण्डिङ्ग :
निकुञ्ज क्षेत्रमा एक वृद्ध मृत अवस्थामा फेला, गैँडाको आक्रमणबाट मृत्यु भएको अनुमान

निकुञ्ज क्षेत्रमा एक वृद्ध मृत अवस्थामा फेला, गैँडाको आक्रमणबाट मृत्यु भएको अनुमान


  • 4.9K
    SHARES
    • भाद्र ६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    निकुञ्ज क्षेत्रमा एक वृद्ध मृत अवस्थामा फेला, गैँडाको आक्रमणबाट मृत्यु भएको अनुमान

    चितवन । माडी नगरपालिका–३ का एक वृद्ध निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका छन् । पचहत्तर वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन् ।  

    images

    आइतबार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको थियो । शव भेटिएको क्षेत्रमा गैँडाको पाइला देखिएकाले गैँडाको आक्रमणबाट निजको मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । वडा नं ३ बोटेसिमाराका उनी डुल्ने क्रममा गैँडाले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप