• ट्रेण्डिङ्ग :
दुर्घटनामा चालक र एक गाईको मृत्यु

दुर्घटनामा चालक र एक गाईको मृत्यु


  • 3.7K
    SHARES
    • भाद्र ७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 5.7K Views

    दुर्घटनामा  चालक र एक गाईको मृत्यु

    धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित छ लेन सडकको चौकमा छाडा चौपायामा मोटरसाइकल ठोक्किदा चालक र एक गाईको ज्यान गएको छ । 

    images

    दुर्घटनामा परी गम्भीर घाइते वडा नम्बर १३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटीको उपचारको क्रममा ज्यान गएको हो ।

    निसर्ग अस्पतालमा उपचारको क्रममा चालकको ज्यान गएको प्रहरीले जनाएको छ । बोगटीले चलाएको सु.प. प्र ०१०११ प. ३८१६ नम्बरको मोटरसाइकलले गएराति १० बजे छाडा गाईलाई ठक्कर दिएको थियो । गाईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए  । चालक बोगटीको टाउको, हात, दाहिने खुट्टामा चोट लागेको थियो । 

    यसैगरी, मोटरसाइकल पछाडि सवार बोगटीका श्रीमती ३४ वर्षीया सर्मिला राईको बायाँ हात र कम्मरमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । घाइते राईको निसर्ग अस्पतालमा नै उपचार भइरहेको छ । 

  • सम्बन्धित विषय:

  • # चालक र एक गाईको

  • तेस्रो आँखा