• ट्रेण्डिङ्ग :
निर्वाचन गतिविधि : २३ सय बढी मतदान केन्द्र, २ लाख ५३ हजार बढी कर्मचारी खटाइने

निर्वाचन गतिविधि : २३ सय बढी मतदान केन्द्र, २ लाख ५३ हजार बढी कर्मचारी खटाइने


  • 4.3K
    SHARES
    • भाद्र ७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 6.6K Views

    निर्वाचन गतिविधि : २३ सय बढी मतदान केन्द्र, २ लाख ५३ हजार बढी कर्मचारी खटाइने


    काठमाडौं। निर्वाचन आयोगले आगामी संघीय  तथा प्रदेशसभाको निर्वाचनको तयारी तीब्र पारेको छ । यसैक्रममा पछिल्लो समय जनशक्ति व्यवस्थापन निर्देशिका, २०७९ लाई स्वीकृत गरेको जनाएको छ । निर्वाचनमा खटिने कर्मचारीको २० लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बिमासहितको निर्देशिका आयोगले स्वीकृत गरेको जनाइएको छ । 

    images

    आयोगको निर्देशिकाबमोजिम निर्वाचन आयोग, निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, मतदानस्थल तथा मतगणनास्थलमा जनशक्ति परिचालन गरिने भएको छ । ७७ जना जिल्ला न्यायाधीश र ८८ जना न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणी अर्थात उपसचिवसरहका कर्मचारी समेत १६५ वटा निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत नियुक्त गर्ने आयोगको तयारी छ । 

    प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृतसहित नौ जना कर्मचारीले जिम्मेवारी सम्हाल्नेछन् । समग्रमा १६५ निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतसहित १ हजार ४८५ जना कर्मचारी परिचालन गर्ने पनि आयोगको तयारी छ । 

    यसैबीच, देशका विभिन्न ठाउँमा राखिने मतदान केन्द्रका लागि साढे २ लाख कर्मचारी आवश्यक हुने आयोगले जनाएको छ । मतदाताको संख्याको आधारमा मतदान केन्द्रमा कर्मचारी खटाइने नियमानुसार २५० जना मतदाता रहेको केन्द्रमा नौजना , ५ सय जना मतदाता रहेको केन्द्रमा ११ जना र ५ सय माथि मतदाता रहेको केन्द्रमा १२ जनासम्म कर्मचारी खटाइने भएको छ ।  

    हाल मतदाताको संख्या थपिएकाले करिब एक हजारसम्म मतदान केन्द्र पनि  थपिने आयोगले जनाएको छ । मतदान केन्द्र थपिएपछि २३ हजार मतदान केन्द्र हुनेछन् भने प्रतिकेन्द्र ११ जनाका दरले २ लाख ५३ हजार कर्मचारी खटाइने आयोगका पदाधिकारीले सञ्चारकर्मीलाई जानकारी दिएका छन्् ।  


    तेस्रो आँखा