काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मल अगाडि रहेका अवैध संरचना भत्काउन सुरु गरेको छ।
महानगरले बुधबार बिहानबाट डोजर लगाएर अवैध संरचना हटाउन सुरु गरेको हो। नक्सा पास नगरी बनाइएका संरचना हटाउन सूचना जारी गरिएको र सो सूचनाको बैवास्ता भएपछि भत्काउन थालिएको महानगरपालिकाले जनाएको छ।
सुन्धारास्थित काठमाडौं मलको अवैध संरचना भत्काउन मेयर बालेन्द्र शाह आफैं सुन्धारा पुगेका छन्। शाहसहित ट्राफिक प्रहरीका अन्य व्यक्तिहरु पनि त्यहाँ पुगेका छन् ।
