काठमाडौं । नख्खु कारागारका कैदी उपचारका क्रममा शिक्षण अस्पताल महाराजगन्जबाट भागेपछि प्रहरीले छानबिन समिति गठन गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले रामेछाप पिल्पुङ गाउँपालिका २ का भोला बुढाथोकी फरार भएकोबारे छानबिन गर्न समिति गठन गरेको हो ।
प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
कैदी फरार भएपछि नेपाल प्रहरी अनाश्रित गुल्म नख्खुको कार्यालय प्रमुखलाई जिम्मेवारीमा हटाइ कैदीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई भदौ ८ गतेबाट लागु हुनेगरी निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

