• ट्रेण्डिङ्ग :
एमाले केन्द्रीय कमिटी बैठकमा उम्मेद्‌वार छनोटको विषय पेचिलो बन्दै, यस्ता छन् ११ कार्यसूची

एमाले केन्द्रीय कमिटी बैठकमा उम्मेद्‌वार छनोटको विषय पेचिलो बन्दै, यस्ता छन् ११ कार्यसूची


  • 3.9K
    SHARES
    • भाद्र १०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.0K Views

    एमाले केन्द्रीय कमिटी बैठकमा उम्मेद्‌वार छनोटको विषय पेचिलो बन्दै, यस्ता छन् ११ कार्यसूची

    काठमाडौं  । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा विभिन्न ११ कार्यसूची रहेका छन् ।

    images

    पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेद्‌वारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदनलगायत पेस गर्ने कार्यसूची रहेको रिजालले जानकारी दिए । 

    यस्तै  सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन,  भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टी कामसँग सम्बन्धित केही नियम निर्माण र समसामयिक प्रस्ताव रहेका छन् । स्थानीय निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलोपटक बस्न लागेको हो । 

    यही भदौ ७ गते स्थायी र भदौ ९ गते पोलिटब्युरो बैठक बसिसकेको छ । ती दुवै बैठकमा नेताहरूले पार्टी अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि सुझाव दिएका थिए । -रासस