- तेस्रोआँखा डेस्क
काठमाडौँ,मंसिर २५ । महामन्त्रीमा उम्मेदवारी दिएका विश्वप्रकाश शर्माले सभापतिमा प्रकाशमान सिंहलाई सघाउने भएका छन् । शर्माले आफ्नो उम्मेदवारीपछि सिंहलाई सभापतिमा सघाउने उद्घोष गरे ।
उनको यो उद्घोषसँगै शर्मा सिंहको महामन्त्री पदको उम्मेदवार बनेका छन् । साथै उनले सभापतिमा प्रकाशमान सिंहका लागि भोट समेत मागेका छन् ।
यसअघि विश्व प्रकाश संस्थापन पक्ष शेरबहादुर देउवाल समूहबाट उठ्ने कुरा बाहिरिएकाे थियाे । सहमति जुट्ननसकेपछि अन्नत शर्माले प्रकाशमान सिंहलाई राजेका हुन् ।
नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन काठमाडाैंमा शुक्रबारदेखि सुरू भएकाे छ । जसअन्तर्गत शनिबार निर्वाचनका लागि उम्मेदवारी दर्ता गरिएकाे छ ।
साझा उम्मेदवारका विषयमा सहमति नजुटेपछि संस्थापनइतर समूहले छुटाछुटै उम्मेदवारी दर्ता गराएका छन् । जसअन्तर्गत विश्वप्रकाशले प्रकाशमान सिंहलाई सभापतिमा सघाउने भएका हुन् ।
