• ट्रेण्डिङ्ग :
स्थानीय तहको निर्वाचनका आधारमा सिट बाँडफाँट हुनुपर्छ : नेता कोइराला

स्थानीय तहको निर्वाचनका आधारमा सिट बाँडफाँट हुनुपर्छ : नेता कोइराला


  • 3.8K
    SHARES
    • भाद्र १०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 5.9K Views

    स्थानीय तहको निर्वाचनका आधारमा सिट बाँडफाँट हुनुपर्छ : नेता कोइराला

    चितवन । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा सङ्घ र प्रदेशको सिट बाँडफाँट हुनुपर्ने बताएका छन्। आज पत्रकारसँग कुराकानी गर्दै उनले सत्यका आधारमा सिट बाँडफाँट हुनुपर्ने बताएका हुन् ।
     
    उनले भने, “स्थानीय निकायको निर्वाचनमा पाएको सङ्केत र सत्यताका आधारमा सिट भाग लगाउनुपर्छ ।” कांग्रेसले ९५ देखि एक सय सिट पाउनुपर्ने दाबी उनको थियो । गठबन्धनमा रहेका दल पनि यसका लागि तयार बन्नुपर्ने उनको भनाइ थियो ।

    images

    अहिले गठबन्धनको विकल्प नरहेको भन्दै उनले गठबन्धनका दल सहमतिमा आउने बताए । निर्वाचनमा कांग्रेस होमिएको भन्दै उनले आम नेता तथा कार्यकर्तालाई निर्वाचन लक्षित कार्यक्रममा सहभागी हुनसमेत आग्रह गरे।

  • सम्बन्धित विषय:

  • # शशांक कोइराला

  • तेस्रो आँखा
    लेखकबाट थप