• ट्रेण्डिङ्ग :
समानुपातिकतर्फ दल दर्ता सुरु

समानुपातिकतर्फ दल दर्ता सुरु


  • 3.9K
    SHARES
    • भाद्र १०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 5.9K Views

    समानुपातिकतर्फ दल दर्ता सुरु

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको दल दर्ता प्रक्रिया सुरु भएको छ ।

    images

    निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीका अनुसार आज (शुक्रबार) पहिलो दिन प्रतिनिधिसभातर्फ २९, प्रदेश १ मा २५, मधेस प्रदेशमा २७, वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा २५, लुम्बिनी प्रदेशमा २६, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २३ दल दर्ता भएका छन् ।

    यो प्रणालीका लागि आयोगले निर्वाचन अधिकृतको कार्यालय आयोगको कार्यालयमा तोकेको छ । आयोगले प्राप्त निवेदनमध्ये प्रतिनिधिसभातर्फ पहिलो हुने, निर्वाचित हुने प्रणालीतर्फ ८७ दलले भाग लिन पाउने गरी क्रम निर्धारण गरिसकेको छ ।

  • सम्बन्धित विषय:

  • # समानुपातिकतर्फ दल दर्ता सुरु

  • तेस्रो आँखा