• ट्रेण्डिङ्ग :
साझा अवधारणा बनाएर आगामी निर्वाचन लड्ने गठबन्धनको तयारी, गठबन्धन चुनावपछि पनि कायम रहने 

साझा अवधारणा बनाएर आगामी निर्वाचन लड्ने गठबन्धनको तयारी, गठबन्धन चुनावपछि पनि कायम रहने 


  • 4.2K
    SHARES
    • भाद्र ११, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 6.4K Views

    साझा अवधारणा बनाएर आगामी निर्वाचन लड्ने गठबन्धनको तयारी, गठबन्धन चुनावपछि पनि कायम रहने 


    काठमाडौं । सत्ता साझेदार दलले साझा कार्यक्रम बनाएर चुनाव लड्ने तयारी गरेका छन् । सत्तारुढ दलको चुनावी तालमेल गर्न बनाएको कार्यदलको शुक्रबार बसेको बैठकले साझा अवधारणासमेत बनाउने निर्णय गरेको छ ।

    images

    सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नेतृत्वले दिएको जिम्मेवारी पूरा गर्न कार्यदल नजिक पुगेको जनाएका छन् । बिहीबार संघीय र शुक्रबार प्रदेशको सिट बाँडफाँडका विषयमा छलफल भएको मन्त्री कार्कीको भनाइ छ । संघमा जस्तै प्रदेशमा पनि सबै दलले आ-आफ्नो दाबी गरेकाले त्यसका आधारमा छलफल गरेर कार्यदल निष्कर्षमा पुग्ने भएको छ । 

    संघको निर्वाचन क्षेत्र एउटा पार्टीले पाए प्रदेश अर्कोलाई छाड्ने खालको मोडालिटीमा समझदारी भएको बताउँदै उनले सबैलाई बढी जितौं भन्ने आकांक्षा भएको जानकारी दिए । गठबन्धन दलका दाबीहरु बढी नै हुन सक्ने बताउँदै उनले त्यसलाई व्यवहारिक र अब्जेक्टिभ हिसाबले प्रतिवेदन तयार गरेर नेतृत्वलाई बुझाउने जनाएका छन् ।

    सञ्चारमन्त्री कार्कीले सत्ता गठबन्धन संघीय निर्वाचनपछि पनि कायम रहने बताए । गठबन्धन चुनाव जित्नलाई मात्र होइन, देशलाई स्थिरता र समृद्धितर्फ लैजान पनि भन्ने मन्त्री कार्कीको दाबी छ ।


    तेस्रो आँखा
    लेखकबाट थप