• ट्रेण्डिङ्ग :
सिन्धुपाल्चोकमा बाढी : सडक अवरुद्ध, हेलम्बुको फाँट डुबानमा

सिन्धुपाल्चोकमा बाढी : सडक अवरुद्ध, हेलम्बुको फाँट डुबानमा


  • 5.3K
    SHARES
    • भाद्र १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    सिन्धुपाल्चोकमा बाढी : सडक अवरुद्ध, हेलम्बुको फाँट डुबानमा

    सिन्धुपाल्चोक । शनिबारदेखि परिरहेको अविरल वर्षाले जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको छ । भारी वर्षाक कारण नदीले ठाउँ-ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका प्रयास असफल भएका छन् ।
     
    बाढीले मेलम्ची, हेलम्बु, पाँचपोखरीलगायत गाउँगाउँका सडक अवरुद्ध भएका छन् । अहिले हेलम्बुको खेतका फाँटबाट नदी बगिरहेको छ भने ठाउँ-ठाउँमा सडकैसडक खोला बगिरहेको छ ।

    images

    यसले गर्दा यातायातका साधन बाटोमै अलपत्र परेका छन् । नजिकिएको तिजका कारण माइत हिँडेका चेली र अन्य सर्वसाधारणका कारण भरिभराउ रहेका यातायातका साधन बीच बाटोमै रोकिँदा यात्रुलाई सकस भइरहेको छ । मेलम्चीको सिमखेत, हेलम्बुको विभिन्न स्थान, पाँचपाखेरीको राम्चे, भोताङ र गुन्सालगायत बाटो अहिले अवरुद्ध भएका छन् ।
     
    मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङसहित पाँचपोखरी थाङ्पाल, हेलम्बु, इन्द्रावती गाउँपालिकाका अध्यक्ष क्रमशःटासी लामा, निमा ग्याल्जेन शेर्पा र झम्क नेपालले संयुक्त रुपमा पहिरो, खहरे खोला, नदी तटीय तथा जोखिमयुक्त स्थानमा नबस्न र सावधानी अपनाउन आग्रह गरेका छन् ।

    गत वर्ष आएको बाढीका कारण हेलम्बु, मेलम्ची, इन्द्रावतीका केही भेक र पाँचपोखरी थाङ्पाल गाउँपालिकाकाको नदीतटीय क्षेत्रमा करोडौंको क्षति गरेको थियो । यसकारण पनि धेरै मानिस विगत दोहोरिएला भन्ने पिरलोमा देखिन्छन् । -रासस