• ट्रेण्डिङ्ग :
पिपुल्स पावरको आईपीओ बाँडफाँट

पिपुल्स पावरको आईपीओ बाँडफाँट


  • 5.2K
    SHARES
    • भाद्र १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    पिपुल्स पावरको आईपीओ बाँडफाँट

    काठमाडौं । पिपुल्स पावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आइतबार दिउँसो २ बजे आईपीओ बाँडफाँट गरेको हो ।

    images

    आईपीओमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको थियो । आईपीओमा १५ लाख ५१ हजार ४१३ वटा आवेदन परेको थियो । मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथा प्रणालीबाट २ लाख २९ हजार ४६८ जनालाई १० कित्ताका दरले आईपीओ परेको छ ।

    यसमध्येबाट २ जनाले भने प्रतिव्यक्ति ११ कित्ताका दरले आईपीओ पाएका छन् । कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म २४ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री खुलाएको थियो ।