• ट्रेण्डिङ्ग :
टी–ट्वान्टी क्रिकेटमा नेपालको कीर्तिमानी जित, केन्या ४ विकेटले पराजित

टी–ट्वान्टी क्रिकेटमा नेपालको कीर्तिमानी जित, केन्या ४ विकेटले पराजित


  • 5.9K
    SHARES
    • भाद्र १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    टी–ट्वान्टी क्रिकेटमा नेपालको कीर्तिमानी जित, केन्या ४ विकेटले पराजित

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले टी–ट्वान्टी क्रिकेटमा कीर्तिमानी जित हासिल गरेको छ । केन्याविरुद्धको तेस्रो टी–ट्वान्टी मा ४ विकेटको जित दर्ता गरेको हो । केन्याले दिएको १५७ रनको लक्ष्य १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

    images

    नेपालले अहिलेसम्म टी–ट्वान्टीमा सर्वाधिक स्कोर पूरा गरेको हो । यसअघि नेपालले सिंगापुरविरुद्ध १५२ रनको लक्ष्य पूरा गरेको थियो । केन्याविरुद्ध आज जित निकाल्ने क्रममा ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाउँदा आजै डेब्यु गरेका अर्जुन साउदले ३५ रनको योगदान गरे । रोहित पौडेल २९ रनमा आउट भएका थिए भने पवन सर्राफले २० तथा आदिल अन्सारीले १६ रन जोडे ।  

    केन्याका भिराज पटेल र युगिनी ओचिङले २–२ विकेट लिए ।  पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा २ विकेट गुमाएर १५६ रन बनाएको थियो । केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय पारि खेलेका थिए । पटेलले नटआउट ७३ रन बनाएका थिए । करिमले  पनि नटआउट ५५ रन बनाए ।  

    नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले १–१ विकेट लिएका थिए । जितपछि नेपालले ५ खेलको सिरिजमा २–१ ले अग्रता लिएको छ ।