• ट्रेण्डिङ्ग :
धार्मिक नेताले राजनीति त्यागेपछि इराक तनावग्रस्त, हिंसामा २० जनाको मृत्यु

  • 5.1K
    SHARES
    • भाद्र १४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    धार्मिक नेताले राजनीति त्यागेपछि इराक तनावग्रस्त, हिंसामा २० जनाको मृत्यु

    बग्दाद । इराकमा शक्तिशाली शिया नेता तथा धर्मगुरु मुक्तादा अल सद्रले राजनीतिबाट सन्यास लिने घोषणा गरेपछि बगदादमा समर्थक र सुरक्षाकर्मीबीच लगातार दोस्रो दिन पनि हिंसात्मक झडप भएको छ । हिंसामा हालसम्म कम्तीमा २० जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते भएको बताइएको छ ।

    images

    बगदाद बाहेक बसरा, नजाफ, नासिरिया र हिला सहरबाट पनि हिंसाको खबर आइरहेको छ। मुक्तादा अल-सद्रले राजनीतिबाट सन्यास लिएको घोषणा गरेपछि हिंसा सुरु भएको थियो। गत वर्ष अक्टोबरमा भएको इराकको संसदीय चुनावमा उनको गुटले सबैभन्दा बढी सिट जितेको थियो तर उनले सरकार गठनका लागि अन्य इरान समर्थित शिया समूहसँग वार्ता गर्न अस्वीकार गरे।

    १० महिना बितिसक्दा पनि नयाँ सरकार गठन हुन नसकेपछि राजनीतिक गतिरोधका बीच मुद्रास्फीति र बेरोजगारी चरम सीमामा छ । जसका कारण अन्तरिम सरकारप्रति जनतामा ठूलो आक्रोश छ ।