• ट्रेण्डिङ्ग :
पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध


  • 4.7K
    SHARES
    • भाद्र १५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

    पर्वत । मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा-बागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको मोदी गाउँपालिका ५, बाजुङस्थित भ्याप्लेमा पहिरोका कारण गए रातिदेखि नै सडक अवरुद्ध भएको हो ।

    images

    ठूला-ठूला ढुंगा सडकमा झरेका कारण तत्काल खुलाउन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन न्यूरेले जानकारी दिए । वर्षा नरोकिएकाले सडक खुलाउन समस्या भएको हो ।

    त्यस्तै सोही स्थानभन्दा केही अगाडि मोदीखेतमा पनि सडकमा ढुंगा झरेर अवरुद्ध भएको छ । भ्याप्लेको पहिरो पन्छाएपछि उक्त ढुंगा पन्छाएर सडक खुलाइने प्रहरीले जनाएको छ ।

    सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका अन्य सवारीसाधन आम्बोट र पातीचौरमा थन्किएका छन् । दिउँसोसम्म सडक खुलाउन सकिने प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

  • तेस्रो आँखा