• ट्रेण्डिङ्ग :
निलम्बित प्रधानन्यायाधीश जबरासँग समितिले आज पनि बयान लिँदै, ३९ प्रश्न सोध्नै बाँकी !

निलम्बित प्रधानन्यायाधीश जबरासँग समितिले आज पनि बयान लिँदै, ३९ प्रश्न सोध्नै बाँकी !


  • 3.5K
    SHARES
    • भाद्र १६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 5.4K Views

    निलम्बित प्रधानन्यायाधीश जबरासँग समितिले आज पनि बयान लिँदै, ३९ प्रश्न सोध्नै बाँकी !

    काठमाडौं । करिब चार घण्टा बयान लिँदा पनि नसकिएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग सिफारिस समितिले आज (बिहीबार) पनि बोलाएको छ । 

    images

    सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बसेको बैठकमा समितिले जबरालाई ४३ वटा प्रश्न सोध्ने तयारी गरेको थियो । तर पाँच वटा प्रश्नमा मात्र छलफल गरेर बैठक स्थगित गरिएको हो । समितीको अर्को बैठक आज बिहान ११ बजेलाई बोलाइएको छ । 

    समितिको भदौ ८ गतेको बैठकले उनलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । निर्णयानुसार राणाले बुधबार समितिमा गएर बयान दिएका हुन् । राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

    संसद्ले महाभियोग सिफारिस समिति गठन गरेपनि यही भदौ १ गते पहिलो बैठक बसेको थियो । राणाविरूद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एशोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियो ।