• ट्रेण्डिङ्ग :
५८औं राष्ट्रिय बाल दिवसको नारा, ‘बालमैत्री  समाजको आधार : जिम्मेवार  परिवार, उत्तरदायी समाज’

५८औं राष्ट्रिय बाल दिवसको नारा, ‘बालमैत्री  समाजको आधार : जिम्मेवार  परिवार, उत्तरदायी समाज’


  • 21.2K
    SHARES
    • भाद्र १६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 32.6K Views

    ५८औं राष्ट्रिय बाल दिवसको नारा, ‘बालमैत्री  समाजको आधार : जिम्मेवार  परिवार, उत्तरदायी समाज’

    काठमाडौं । सरकारले ५८औँ राष्ट्रिय बाल दिवसको नारा  ‘बालमैत्री  समाजको आधार : जिम्मेवार  परिवार, उत्तरदायी समाज’ तय गरेको छ ।

    images

    बर्सेनी भदौ २९ गते मनाइँदै आएको दिवसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालमैत्री अवधाराणालाई महत्त्व दिँदै नारा तय गरेको महिला विकास अधिकृत कमला दाहालले जानकारी दिइन् । नेपालले सन् १९९० सेप्टेम्बर १४ मा बाल अधिकार महासन्धि अनुमोदन गरेको सम्झनामा प्रत्येक वर्ष भदौ २९ गते दिवास मनाउँदै आएको छ ।

    मन्त्रालयले दिवस मनाउने क्रममा स्थानीय तह, प्रदेश सरकार, विभिन्न बाल क्लब, नागरिक संघसंस्था र सन्जाललाई आग्रह गरेको छ । मन्त्रालयले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ पनि पठाएको छ । निर्देशिका २०७८ असार २७ गते मन्त्रीस्तरको निर्णयबाट स्वीकृत भएको थियो ।

  • सम्बन्धित विषय:

  • # बाल दिवस

  • तेस्रो आँखा