• ट्रेण्डिङ्ग :
नेपालका ४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण, कर्णालीमा सबैभन्दा कम र मधेस प्रदेशमा बढी

नेपालका ४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण, कर्णालीमा सबैभन्दा कम र मधेस प्रदेशमा बढी


  • 4.3K
    SHARES
    • भाद्र १६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.5K Views

    नेपालका ४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण, कर्णालीमा सबैभन्दा कम र मधेस प्रदेशमा बढी

    काठमाडौंं । नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । नेपाल विद्युत प्राधिकरणले सात सय ५३ स्थानीय तहमध्ये चार सय ७६ मा पूर्ण विद्युतीकरण भएको जानकारी दिएको छ । 

    images

    मुलुकभरीका स्थानीय तहका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको तथ्यांकअनुसार २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको प्राधिकरणको भनाइ छ । त्यस्तै ३५ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले विद्युत पुर्याउन सकेको छैन । प्राधिकरणले कुल जनसंख्याको ९२.५१ प्रतिशतमा विद्युतको पहुँच पुगेको जनाएको छ । विद्युतको पहुँच पुगेकामध्ये ९२.३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र ०.१४ प्रतिशतले ग्रिडभन्दा बाहिरबाट विद्युत पाएका छन् ।

    सबैभन्दा बढी मधेश प्रदेशमा ९९.९५ र सबैभन्दा कम कर्णाली प्रदेशमा ५६.७९ प्रतिशत विद्युतीकरण भएको छ । १ नं प्रदेशमा ९१.२३ प्रतिशत, बागमतीमा ९७.४७, गण्डकीमा ९७.७६ प्रतिशत, लुम्बिनीमा ९६.७३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७८.८५ प्रतिशत विद्युतीकरण भएको छ । ७७ जिल्लामध्ये ४२ जिल्लामा पूर्ण विद्युतीकरण भएको  छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दुई वर्ष (सन् २०२४) भित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुर्याउने नेपाल सरकारको घोषणालाई पूरा गर्न योजनाबद्ध रुपमा काम बताए । 

    ‘आर्थिक वर्ष २०७२÷७३मा ६२.१६ प्रतिशत घरपरिवारमा मात्रै विद्युतीकरण भएको थियो भने अहिले ९२.५१ प्रतिशतमा पुगेको छ, ७ प्रदेशमध्ये ४ प्रदेश करिब करिब पूर्ण विद्युतीकरण भएका छन्’, उनले भने ‘भौगोलिक कठिनाइ तथा विकटताले गर्दा कर्णाली प्रदेशका जिल्लाहरुमा विद्युतीकरणमा केही लाइ भएता पनि अब दुई वर्षभित्रमा सबैको घरधुरीमा विद्युत पुर्याउने गरी उच्च प्राथमिकताकासाथ काम भइरहेको छ, यसका लागि बजेट व्यवस्थापन गरी निर्माण व्यवसायी छनौटका लागि टेण्डर आह्वान गरिसकेका छौं ।’


    तेस्रो आँखा
    लेखकबाट थप