• ट्रेण्डिङ्ग :
सभापति, सहमहामन्त्रीसहित ५७ जनाले गरे उम्मेदवारी फिर्ता

सभापति, सहमहामन्त्रीसहित ५७ जनाले गरे उम्मेदवारी फिर्ता


  • 5.8K
    SHARES
    • मंसिर २६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    सभापति, सहमहामन्त्रीसहित ५७ जनाले गरे उम्मेदवारी फिर्ता

    काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले उम्मेदवारी फिर्ता लिने समय सकिएको छ । थप गरिएको समय दिउँसो १ बजेसम्म पदाधिकारीसहित ५७ जनाले मनोनयन फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ।

    images

    एक सय ३४ केन्द्रीय कमिटीका लागि शनिबार भएको मनोनयन दर्ताका क्रममा पाँच सय ४८ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये आइतबार दिउँसो सभापतिका प्रत्यासी युवराज न्यौपाने, सहमहामन्त्रीका प्रत्यासी ९थारुतर्फ० सुरेन्द्रप्रसाद चौधरीले मनोनयन फिर्ता लिएका छन् ।

    चौधरीले संस्थापन पक्षबाट उम्मेदवारी दिएका थिए । तर, संस्थापनको प्यानलमा बाराका उमाकान्त चौधरीले मनोनयन दर्ता गरेकाले सभापति शेरबहादुर देउवाको आग्रहमा सुरेन्द्रले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उमाकान्त कृष्णप्रसाद सिटौला पक्षबाट सहमहामन्त्रीको उम्मेदवार बनेका हुन् ।

    पदाधिकारीबाहेक ५५ जना केन्द्रीय सदस्यका प्रत्यासीले उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेसमा खुला, आरक्षित, महिला, दलित, मुसलमान, पिछडिएको क्लस्टरतर्फका ५५ केन्द्रीय सदस्यका उम्मेदवारले मनोनयन फिर्ता लिएका हुन् । 

    ९८यसअघि ६० जनाले उम्मेदवारीले फिर्ता लिएको सूचनालाई कांग्रेस निर्वाचन समितिले सच्याएर ५७ जनाले फिर्ता लिएको जानकारी दिएकाले हामीले पनि यस समाचारलाई सच्याएका छौँ ।