• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार काठमाडौं-६ बाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवारमा सिफारिस

प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार काठमाडौं-६ बाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवारमा सिफारिस


  • 5.8K
    SHARES
    • भाद्र १७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार काठमाडौं-६ बाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवारमा सिफारिस

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा समानुपातिक सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् ।

    images

    नेपाली कांग्रेस क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले परियारलाई प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसदका लागि पुरुषतर्फ एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । परियार सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि थिए । 

    विगत १० वर्षदेखि काठमाडौं महानगरपालिका–२६ बाट कांग्रेसको क्रियाशील सदस्य रहेका परियार यसअघि पार्टीको केन्द्रीय प्रचार विभागको सदस्य थिए । कक्षा ८ मा पढ्दा २०४८ सालमा नेविसङ्घको स्कुल सचिव भएका उनी २०६१ सालमा पार्टी विभाजन भएर नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिक हुँदा कांग्रेस प्रजातान्त्रिकको भ्रातृ संस्था नेपाल दलित सङ्घको केन्द्रीय कोषाध्यक्ष भएर काम गरेका थिए । 

    अमेरिकाको ओहायो विश्वविद्यालयबाट पत्रकारिता अध्ययन गरेका परियारले समाजशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।