केन्या । अफ्रिकी देशहरुमा शान्ति-सुरक्षाको अवस्थामा उन्नति भएको अफ्रिकी युनियनले दाबी गरेको छ । यहाँका आन्तरिक द्वन्द्व एवं अन्य विवादका विषय समाधानमा अफ्रिकी देशहरुले गरेका सामुहिक प्रयासका कारण विभिन्न देशहरुको शान्ति सुरक्षाको अवस्थामा सुधार आएको बताइएको हो ।
अफ्रिकी युनियनका एकजना अधिकारीले अफ्रिकी देशहरुमा पछिल्लो समयमा देखा परिरहेको अशान्ति र आतङ्कवादी क्रियाकलापहरुको नियन्त्रणका क्षेत्रमा सबै देशले सामूहिक रुपमा प्रयास गरेका छन् । सोही प्रयासका कारण यहाँको शान्ति सुरक्षाको अवस्थामा सुधार आएको युनियनको निशस्त्रीकरण आयोजनाका प्रमुख तथा सुरक्षा क्षेत्र सुधार विभागका प्रमुख क्रिस्टोफर सुना कायोसेले बताए ।
केन्याको राजधानी नैरोबीमा भएको एक सम्मेलनमा आफ्ना धारणा राख्दै उनले भने, 'यो सुधार अफ्रिकी देशहरुको सामूहिक प्रयासको प्रतिफल हो ।' यसका साथै यी देशहरुले नागरिक समाजका विभिन्न संघ संघठनहरुको परिचालनका साथै शान्ति सुरक्षा कायम राख्नका लागि शान्ति सेनाको पनि परिचालन गरिएको छ । अफ्रिकी देशहरुले सामूहिक रुपमा प्रयास गरिरहेका र नागरिक संघसंस्थाहरुलाई पनि हत्या हिंसाका विरुद्धमा जनचेतनाका कार्यक्रमहरु गरिएको जनाइएको छ ।
