• ट्रेण्डिङ्ग :
माटो जोगाऔँ अभियानमा वन तथा वातावरण मन्त्रालयको ऐक्यबद्धता

माटो जोगाऔँ अभियानमा वन तथा वातावरण मन्त्रालयको ऐक्यबद्धता


  • 4.8K
    SHARES
    • भाद्र १८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    माटो जोगाऔँ अभियानमा वन तथा वातावरण मन्त्रालयको ऐक्यबद्धता

    काठमाडौँ, १८ भदौं । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले  “सेभ सोइल” अर्थात् माटो जोगाऔँ अभियानसँग ऐक्यबद्धता जनाएको छ । अभियानका लागि नेपाल आएका प्रसिद्ध सदगुरुलाई वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयको तर्फबाट जारी गरिएको पत्र हस्तान्तरण गरेर अभियानसँग ऐक्यबद्धता जनाएका हुन् । 

    images

    ललितपुर जिल्लाको गोदावरीमा  शुक्रबार आयोजना गरिएको एक कार्यक्रममा वनमन्त्री यादवले माटो जोगाऔँ अभियानका लागि सदगुरुले गरेको तीस हजार किलोमीटर यात्रालाई सम्मान गर्न र सघाउन वन मन्त्रालयमार्फत देशभरीमा कम्तिमा पनि तीस हजार वृक्षरोपण गर्ने प्रतिबद्धता समेत गरे ।

    Mantri Yadav_Sadguru (4).jpeg

    “तपाईको अभियानमा मन्त्रालय सधै हातेमालो गरेर अगाडि बढ्न तयार छ, तपाईले गरेको राम्रो काममा हाम्रो ऐक्यबद्धता छ,” मन्त्री यादवले भने, “वृक्षरोपणको कार्यको पनि भदौं महिना भित्रै सुरवात गरेर हामी आफ्नो वचनलाई पूरा गर्छौं ।” उक्त अभियानका प्रमुख जग्गी वासुदेवलाई नेपालमा स्वागत गर्न पाउँदा आफु निकै खुशी भएको मन्त्री यादवले बताए । माटो जोगाएर पृथ्वीको खेतीयोग्य माटोमा जैविक शक्ति बढाउनका लागि सदगुरु जग्गीले चलाएको महाअभियानको जती प्रशंसा गरेपनी कम हुने मन्त्री यादवको भनाई थियो ।

    सदगुरुलाई यादवले ऐक्यबद्धता पत्र हस्तान्तरणसँगै संसारको र्दुलभ एक सिंगे गैडाको मुर्ति पनि उपहारका स्वरूपमा प्रदान गरेका थिए । “माटो विनाश हुनबाट जोगाउन तत्काल नीतिगत पहलका लागि जनचेतना जगाउन र राजनीतिक सहमति निर्माण गर्न संसारका विभिन्न राष्ट्र घूमेर जून कार्य गर्नु भएको छ त्यो अतिनै प्रशंसनीय छ” मन्त्री यादवले भने, “सदगुरुले गर्नु भएको काम, खासगरी हामी राजनीगिज्ञहरुको काम हो, हामीले गर्नु पर्ने काम उहाँले गरिरहनु भएको छ, यो भन्दा अरु खुशीको कुरा के होला ?”

    Mantri Yadav_Sadguru (6).jpeg

    Mantri Yadav_Sadguru (1).jpeg