काठमाडौं । नेपाली कांग्रेसबाट धादिङको क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा बिकास अधिकारीले दाबी गरेका छन् । अधिकारीले यूवाहरुको प्रतिनिधित्व आफूले गर्ने जनाउँदै प्रतिनिधि सभा सदस्य तर्फ आवेदन दर्ता गरि उनले आफ्नो दाबी गर्दै पार्टीमा नाम दर्ता गराएका छन् ।
बिहिवार नाम दर्ता गराएका अधिकारी आफू स्वाभाविक उम्मेदवार भएको जनाएका छन् । उनले प्रतिनिधि सभा सदस्यमा आवेदन दर्ता गर्दै आफ्नो दाबी प्रस्तुत गरेका हुन । नेपाल विद्यार्थी संघको राजनीति मार्फत उदाएका अधिकारी, आर आर क्याम्पसमा लामो समय देखि राजनीति गर्दै आएका छन् ।
अधिकारी नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनमा नेपाली काङ्ग्रेस धादिङबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा झिनो मतान्तरले पराजित भएका थिए । अधिकारी शेखर कोइराला/गगन थापा निकटका मानिन्छन् । अधिकारीले आफूलाई पार्टीले टिकट दिएमा चुनाव जितेर सिङ्गो धादिङको बिकासमा लाग्ने बताएका छन् ।

