• ट्रेण्डिङ्ग :
टोखा नगरपालिका पनि अतिक्रमणविरुद्ध, सार्वजनिक जग्गा खाली गराएरै छाड्ने

टोखा नगरपालिका पनि अतिक्रमणविरुद्ध, सार्वजनिक जग्गा खाली गराएरै छाड्ने


  • 4.8K
    SHARES
    • भाद्र २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    टोखा नगरपालिका पनि अतिक्रमणविरुद्ध, सार्वजनिक जग्गा खाली गराएरै छाड्ने

    काठमाडौं । टोखा नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गराउन नगरवासीलाई आग्रह गरेको छ । टोखाको नगर कार्यपालिकाको बैठकले टोखा नगरपालिकाभित्रका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना खाली गर्न लगाउने निर्णय गरेको हो । 

    images

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकरराज पाठकका अनुसार बैठकले आफ्नो वडाभित्रका सार्वजनिक तथा सरकारी जग्गा खाल गराउने निर्णय गरेकाले सबै वडाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिएका स्थानमा ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्न नगरपालिकाले निर्देशन दिएको छ ।

    काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा छन् । यसअघि काठमाडौँ महानगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा बनाएको संरचना भत्काउन थालेपछि टोखाले पनि सूचना जारी गरेको हो ।