• ट्रेण्डिङ्ग :
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीद्वारा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीद्वारा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन


  • 6.4K
    SHARES
    • भाद्र १९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीद्वारा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले पार्टी अध्यक्ष कर्णजित बुढाथोकीको संयोजकत्वमा एक सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । 

    images

    पार्टीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर भदौ १ र २ गते नेपालगञ्जमा भएको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको जानकारी दिएको हो । बैठकले एक सय ५१ सदस्यीय निर्वाचन परिचालन समितिको साथमा १९ सदस्यीय मस्यौदा समिति गठन गरेको पनि जानकारी जनाएको छ । मस्यौदा समितिमा वरिष्ठ नेता तिलक थापा, उपाध्यक्ष रंगनाथ ढकाल, उपाध्यक्ष विनोद उपाध्याय, महासचिवमा नरेश शाही, सचिवहरु मेघबहादुर खत्री, सिंहराज वि.क. र अरुण घिसिङ्लगायत चयन भएका छन् ।  

    समितिको बैठकले निर्वाचित भए वा नभएपनि अनिवार्य जनश्रमदान, जनसेवा, जनसंर्घष र जनसुरक्षासम्बन्धी पाँच वर्षे ठोस योजना बनाएर लागू गर्नुपर्ने निर्णय पारित गरेको पनि जानकारी दिएको छ । आगामी मंसिरमा निर्वाचनका लागि बैठकले उम्मेदवार छनौटका विभिन्न ११ मापदण्ड निर्धारणसमेत तय गरेको छ । जसमा पार्टीको कार्यदिशा, कार्यनीति, विधान र घोषणापत्रमा प्रतिबद्ध रहेका, माओवादी आन्दोनलमा निरन्तर क्रियाशिल रहेकालगायतका छनौटका मापदण्ड राखिएका छन् । 

    पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कर्णजित बुढााथोकीले देशमा भौतिक विकास मात्र नहुने भन्दै सामाजिक र सास्कृतिक विकासको आवश्यकता रहेको बताए । उनले संसदीय व्यवस्थाको विकल्पमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली स्थापित गर्नुपर्नेमा जोड दिए । पार्टीले निर्वाचन प्रणालीमा पूर्ण समानुपातिक प्रणाली अवलम्बन गर्ने निर्णयलाई निरन्तरता दिनेसमेत उनको भनाइ थियो ।