• ट्रेण्डिङ्ग :
भारतीय सेनाध्यक्षलाई सम्मान गारत प्रदान, आजै दुई देशका सेनाध्यक्षबीच वार्ता 

भारतीय सेनाध्यक्षलाई सम्मान गारत प्रदान, आजै दुई देशका सेनाध्यक्षबीच वार्ता 


  • 4.5K
    SHARES
    • भाद्र २०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 6.9K Views

    भारतीय सेनाध्यक्षलाई सम्मान गारत प्रदान, आजै दुई देशका सेनाध्यक्षबीच वार्ता 

    काठमाडौं । भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेका छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय नेपाल भ्रमणमा रहेका सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जंगी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो ।
     
    सो अवसरमा उनले जंगी अड्डा  मूल भवन परिसरमा वृक्षरोपणसमेत गरे। यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जलि अर्पण गर्नुभएका थिए। प्रधानसेनापति शर्मा र उनीबीच अहिले भेटवार्ता भएको छ। आजै सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ ।

    images

    राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी नी चिह्न प्रदान गर्नेछिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आएका हुन् ।

  • सम्बन्धित विषय:

  • # भारतीय सेनाअध्यक्ष

  • तेस्रो आँखा