• ट्रेण्डिङ्ग :
इमानदारिताको नमुना : बाटोमा भेट्टाएको सुनको सिक्री  प्रहरीमार्फत फिर्ता

इमानदारिताको नमुना : बाटोमा भेट्टाएको सुनको सिक्री  प्रहरीमार्फत फिर्ता


  • 5.5K
    SHARES
    • भाद्र २१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    इमानदारिताको नमुना : बाटोमा भेट्टाएको सुनको सिक्री  प्रहरीमार्फत फिर्ता

    म्याग्दी । म्याग्दीकी एक युवतीले बाटोमा भेट्टाएको सुनको सिक्री (गहना) प्रहरीमार्फत सम्बन्धित व्यक्तिलाई बुझाएर इमान्दारिताको नमुना प्रस्तुत गरेकी छन्। 

    images

    रघुगङ्गा गाउँपालिका–२ की २३ वर्षीया साधना केसीले सोमबार बिहान  बेनी नगरपालिका–८ मा रहेको गणेश मन्दिर क्षेत्रको सडकमा एक तोलाको सुनको सिक्री भेट्टाएकी थिइन् । उनले भेट्टाएको सिक्री जिल्ला प्रहरी कार्यालयमा बुझाइन् । 

    पर्वतको जलजला गाउँपालिका–२ मल्लाजका २४ वर्षीय सागर अधिकारीले प्रमाणसहित हराएको सुनको सिक्री दाबी गरेर दिउँसो प्रहरी कार्यालयमा आएका थिए । सो सिक्री अधिकारीको भएको पुष्टि भएपछि केसीले हस्तान्तरण गरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । रासस