काठमाडौं । नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनी पुनः सञ्चालनमा ल्याउने प्रक्रिया सुरु भएको छ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त अवस्थामा रहेको उक्त फाइनान्सलाई पुनः सञ्चालनमा ल्याउने तयारी सुरु गरेको हो ।
राष्ट्र बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागले समस्याग्रस्त अवस्थामा रहेको उक्त फाइनान्सको व्यवस्थापन तथा सञ्चालनका लागि व्यवस्थापन समूह गठन गर्न दुई व्यक्तिका लागि दरखास्त आह्वान गरेको छ । उक्त व्यवस्थापन समूहमा एकजना संयोजक र एकजना सदस्य रहनेछन् ।
यसअन्तर्गत संयोजक पदका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, अर्थशास्त्रलगायत स्नाकोत्तर गरेको हुनुपर्ने, बैंकिङ क्षेत्रमा १० बर्षको कार्यअनुभव भएको हुनुपर्नेलगायत योग्यता तोकिएका छन् ।
यसैगरी सदस्य पदका लागि भने व्यवस्थापन, बैंकिङ, वित्तीयलगायत विषयमा स्नातक गरेको हुनुपर्ने, चार्टर्ड एकाउन्टेन्सी (सीए) पास गरी पाँच वर्षको कार्याअनुभव भएको हुनुपर्नेलगायत योग्यता तोकिएका छन् । योग्यता पुगेका नेपाली नागरिकले यही असोज ६ गतेसम्म आवेदन दिन सक्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
