• ट्रेण्डिङ्ग :
राष्ट्रियसभाका चारवटा विषयगत समितिकाे सभापतिका लागि चार जनाको उम्मेदवारी

राष्ट्रियसभाका चारवटा विषयगत समितिकाे सभापतिका लागि चार जनाको उम्मेदवारी


  • 4.2K
    SHARES
    • भाद्र २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 6.4K Views

    राष्ट्रियसभाका चारवटा विषयगत समितिकाे सभापतिका लागि चार जनाको उम्मेदवारी

    काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका चारवटा विषयगत समितिका सभापतिका लागि आज चार जनाको उम्मेदवारी परेको छ । 

    images

    सभापतिका लागि उम्मेदवारी दिनेहरुमा दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) रहेका छन् ।

    राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१) बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि चारजना सांसदहरूको उम्मेदवारी परेको हो ।  सभापतिको यही २३ गते १ बजे निर्वाचन हुने राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले जनाकारी दिए ।


    तेस्रो आँखा
    लेखकबाट थप