• ट्रेण्डिङ्ग :
पुटिनको गम्भीर आरोप : युरोपेली जनजीवन पश्चिमा प्रतिबन्धको मारमा पर्यो

पुटिनको गम्भीर आरोप : युरोपेली जनजीवन पश्चिमा प्रतिबन्धको मारमा पर्यो


  • 3.9K
    SHARES
    • भाद्र २३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.0K Views

    पुटिनको गम्भीर आरोप : युरोपेली जनजीवन पश्चिमा प्रतिबन्धको मारमा पर्यो

    मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्धलाई लिएर पश्चिमा देशहरूले रुसविरूद्ध लगाएका प्रतिबन्धहरूलाई पूरा विश्वलाई नै जोखिममा पार्ने ज्वरो जस्तो भनेर निन्दा गरेका छन् । रुसको भ्लादिभोस्टोकमा एक आर्थिक मञ्चलाई सम्बोधन गर्ने क्रममा उनले रुस पश्चिमा आर्थिक प्रहारसँग जुझिरहेको बताए । तर रुसी राष्ट्रपतिले प्रतिबन्धका नाममा युरोपेलीहरूको गुणस्तरीय जीवनयापनको अवस्थालाई बलिदान दिइएको र सापेक्षित रूपमा गरिब देशहरूले खानेकुरामा पहुँच गुमाएको भन्दै चेतावनी दिएका छन् । उनले युक्रेनको अन्नलाई लिएर युरोपले गरिब देशहरूलाई छल गरेको समेत आरोप लगाए । 

    images

    कैयौं महिना युक्रेनको समुद्री बन्दरगाहलाई रुसी फौजले नाकाबन्दी गरेका थिए । तर अगस्टको सुरुमा निर्यात थालिएपछि खाद्यान्न बोकेका दुईवटा मात्र पानीजहाज अफ्रिकातर्फ गएकोमा उनले जोड दिए । तर अवस्था त्यस्तो होइन । उनले त्यस्तो सम्झौताका बारेमा आफूले पुनः छलफल गर्न खोजेको बताए जुन टिप्पणीलाई युक्रेनले आधारहीन भनेर खारेज गरेको छ ।

    २४ फेब्रुअरीमा युक्रेनमा अतिक्रमण सुरु गरेको रुसले अहिले युक्रेनी भूभागको पाँच भागको झण्डै एक भाग कब्जा गर्छ । ६ महिनापछि रुस किएभ र उत्तरी क्षेत्रबाट पछाडि धकेलिएको छ र अहिले देशको दक्षिण र पूर्वमा युक्रेनी प्रत्याक्रमणको सामना गरिरहेको छ । 

    पश्चिमा देशहरूले युद्धप्रति प्रतिक्रिया जनाउने क्रममा ठूलो सङ्ख्यामा रुसी नागरिक, व्यवसाय र राज्यद्वारा सञ्चालित कम्पनीहरूमाथि प्रतिबन्ध लगाएका थिए । युरोपेली संघ ईयूले रुसी ग्यास र तेलमा रहेको निर्भरता कम गर्न खोजेको छ । 

    मस्कोले प्राविधिक कारण बताउँदै जर्मनीसँग जोडिएको मुख्य नोर्डस्ट्रिम-१ पाइपलाइन बन्द गरिदिएको छ । ऊर्जाको मूल्य आकासिएको छ र ईयूका मन्त्रीहरू उक्त संकटसँग जुझ्ने विषयमा छलफल गर्न शुक्रवार भेट्दैछन् । पुटिनले रुसी ग्यासको मूल्यमा सीमा तोक्ने प्रस्तावलाई मुर्खतापूर्ण भन्दै आलोचना गरेका छन् । 

    पुटिनले पश्चिमा देशहरूले अन्य देशहरूमा आफ्नो व्यवहार लाद्न खोजेको समेत बताए । उनले धेरै कम्पनीहरू रुस छाड्न हतारिएको बताउँदै अहिले आफूहरूले युरोपमा कसरी उत्पादन र रोजगारीहरू एकपछि अर्को गर्दै बन्द भएको देखेको" बताएका छन् । 

    यद्यपि रुसले समेत त्यसको झट्का व्यहोरेको छ जहाँ महँगी बढिरहेको र कम्पनीहरू अत्यावश्यक पार्टपुर्जा आयात गर्न सङ्घर्ष गरिरहेका छन् । पुटिनको सम्बोधन पश्चिमा जगत र घरेलु स्रोताप्रति लक्षित देखिएको थियो। उनले मानिसहरूको आँखै अगाडी अमेरिकी डलर, युरो र पाउन्डप्रतिको विश्वास खस्किरहेको बताए । रुस आफ्नो सार्वभौमसत्ता बलियो बनाउँदै युद्धबाट तङ्ग्रँदै गरेको उनको भनाइ थियो ।

    युक्रेनी प्रतिक्रिया

    युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले रुसले आफ्नो ऊर्जा स्रोतलाई देखाएर युरोपलाई धम्क्याउन खोजेको बताए । उनले भने, 'पुटिनले युरोपमा हरेक घरको स्थिरता र स्वास्थ्य बिगार्न चाहेका छन् ।' त्यहाँ रुसी राष्ट्रपतिले भने, कसैले रुसलाई जति एक्लाउन खोजे तापनि त्यसो गर्न असम्भव छ ।' रुसी राष्ट्रपति पुटिनले अर्को साता उज्बेकिस्तानमा चिनियाँ समकक्षी सी जिन्पिङलाई भेट्ने जनाएका छन् ।