• ट्रेण्डिङ्ग :
कांग्रेसलाई एकढिक्का बनाएर तीनवटै चुनावमा जित्छौं : डा. शेखर कोइराला

कांग्रेसलाई एकढिक्का बनाएर तीनवटै चुनावमा जित्छौं : डा. शेखर कोइराला


  • 9.5K
    SHARES
    • मंसिर २६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 14.6K Views

    कांग्रेसलाई एकढिक्का बनाएर तीनवटै चुनावमा जित्छौं : डा. शेखर कोइराला

    काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले आफू विजयी भए पार्टीलाई गतिशील बनाउने र निर्वाचनमा केन्द्रित हुने बताएका छन् । 

    images

    मतदानको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले विजयपछि कांग्रेस आगामी तीनवटा निर्वाचनमा केन्द्रीत हुने बताए। 

    ‘नेपाली कांग्रेसलाई भागबण्डारहित बनाएर एक ढिक्का भएर सबैलाई समेट्ने कांग्रेस बनाएर तीनवटै निर्वाचनमा हामी विजय हासिल गर्छौं,’ उनले भने, ‘तपाईंहरुलाई लाग्दोहोला, हामीसँग अनुभव नभएका साथी हुनुहुन्छ।

    हामीसँग अर्जुननरसिंह केसी, रामशरण महत, शशांक कोइराला लगायतका साथीहरु हाम्रै टिमबाट केन्द्रीय समितिमा उम्मेदवार हुनुहुन्छ।'

     

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा