काठमाडौं । सेप्टेम्बर ८, अर्थात् विश्व साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन १९६५ मा युनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रूपमा मनाउने घोषणा गरेपछि यो दिवस मनाउन थालिएको हो ।
विश्वभरिका विद्यालय, समुदाय र संस्थाहरूले साक्षरताकालागि जनजागरण फैलाउन यो दिवस विभिन्न तरिकाले मनाउने गरेका छन् । वर्ष २०२२ को अन्तर्राष्ट्रिय साक्षरता दिवसको नारा 'साक्षरता सिक्ने ठाउँहरू परिवर्तन गर्दै' रहेको छ । यस वर्ष विश्व समुदायले साक्षरता थलोहरूको रूपान्तरणको पैरवी गरिरहेको छ ।
साक्षरताको ग्लोबल मनिटर रिपोर्टका अनुसार संसारका प्रत्येक ५ मध्ये एक जना पुरुष र दुई तिहाइ महिलाहरू अझै पनि निरक्षर छन् । धेरैको अत्यन्त न्यून स्तरको साक्षरता सीपहरू छन् । धेरै जना बालबालिकाहरू अझै पनि विद्यालय जान पाउँदैनन् र पाउनेहरू पनि दैनिक विद्यालय जान सक्दैनन् । पश्चिमी र दक्षिणी एसिया लगायतका देशहरू साक्षरता दर अझै कमजोर देखिन्छ।
