• ट्रेण्डिङ्ग :
फ्रान्सेली संसदीय प्रतिनिधि मण्डल र सभामुख सापकोटाबीच भेटवार्ता

फ्रान्सेली संसदीय प्रतिनिधि मण्डल र सभामुख सापकोटाबीच भेटवार्ता


  • 4.7K
    SHARES
    • भाद्र २३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.2K Views

    फ्रान्सेली संसदीय प्रतिनिधि मण्डल र सभामुख सापकोटाबीच भेटवार्ता

    काठमाडाैं ।  नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेको छ ।

    images

    फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष  डेनिस सलमोन नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले बिहिवार विहान सिंहदरबारमा सभामुखस सापकोटासँग भेट वार्ता गरेको हो । भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रिपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गरे । 

    सभामुख सापकोटाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको सहयोगको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण गरे । उनले जलवायु परिवर्तनको असर र प्रभाव विश्वका धेरै देशमा प्रत्यक्ष रुपमा परिरहेको चर्चा गर्दै यसको मिलेर सामना गर्नु पर्नेमा जोड दिए । 

    भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष डेनिस सलमोनले नेपालमा गरिएको आतिथ्यताका लागि आभार व्यक्त गरे। उनले जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न सबैले शक्ति लगाउनु पर्नेमा जोड दिए । उनले  नेपालले वातावणको क्षेत्रमा गरेको काम सह्रानीय रहेको बताए । 

    sapkota.jpg

    agni.jpg