• ट्रेण्डिङ्ग :
ओखलढुंगा एमालेद्वारा उम्मेदवार सिफारिस, प्रतिनिधिसभाकाे प्रत्यक्षतर्फ ३ जनाकाे नाम

ओखलढुंगा एमालेद्वारा उम्मेदवार सिफारिस, प्रतिनिधिसभाकाे प्रत्यक्षतर्फ ३ जनाकाे नाम


  • 10.0K
    SHARES
    • भाद्र २३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 15.4K Views

    ओखलढुंगा एमालेद्वारा उम्मेदवार सिफारिस, प्रतिनिधिसभाकाे प्रत्यक्षतर्फ ३ जनाकाे नाम

    काठमाडौं । नेकपा एमाले ओखलढुंगाले आगामी प्रतिनिधिसभा र  प्रदेशसभा निर्वाचनका लागि जिल्लाबाट उमेदवारको नाम सिफारिस गरेको छ । 

    images

    जिल्ला कमिटीको भदौ २१ गतेकाे बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो । एक संघीय निर्वाचन र दुई प्रदेशसभा निर्वाचनक्षेत्र रहेको ओखलढुंगामा प्रत्यक्ष र समानुपातिकगरी सबैतर्फको उम्मेदवार सिफारिस गरेको ओखलढुंगा एमालेले जनाएको छ । 

    प्रनिनिधिसभाको लागि हालका प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवार, प्रदेशसभा सदस्य अम्बिर बाबू गुरुङ र किशोर अधिकारी गरी तीनजनाको नाम सिफारिस गरिएको छ । त्यस्तै प्रतिनिधिसभाको समानुपातिक तर्फ शकुन्तला राजभण्डारी (महिला खुल्ला) को नाम छ । चाम्पा राई (जनजाती  महिला) र ओम दयाल बिस्वकर्मा (दलित)काे नाम पनि सिफारिस भएकाे छ ।

    प्रदेश सभा तर्फ : निर्वाचनक्षेत्र (क)

    प्रत्यक्षतर्फ

    १) मोहन कुमार श्रेष्ठ 
    २) शंकर  कटवाल
    ३) हर्कबोल राई

    समानुपातिक  तर्फ

    १) बल बहादुर परियार  (दलित)
    २) मणिराज राई (वाहिङ) (अल्पसंख्यक रजनजाती) 
    ३) पशुपति  गुरुङ (महिला रजनजाति)

    प्रदेश सभा तर्फ : निर्वाचन  क्षेत्र (ख)

    प्रत्यक्ष तर्फ

    १) नानिबाबु बुढाथोकी 
    २) ज्ञान बहदुर खड्का (जिबी)

    समानुपातिक तर्फ 

    १) शान्ता ढुङ्गेल  (खुल्ला महिला) 
    २) प्रेम प्रसाद भट्टराई (खुल्ला)


    तेस्रो आँखा
    लेखकबाट थप