काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । स्कटल्यान्डको बालमोरल अस्पतालमा उपचारका क्रममा उनको ९६ वर्षको उमेरमा निधन भएको हो । महारानीको स्वास्थ्य बिग्रँदै गएकाले उनी निरन्तर चिकित्सकको निगरानीमा थिइन् ।
चिकित्सकहरूले उनको स्वास्थ्यबारे थप चासो व्यक्त गरेपछि महारानीलाई अस्पतालमा राखिएको बकिङ्घम प्यालेसले जनाएको छ । उनको निधन स्थानीय समयअनुसार बिहीबार बिहान साढे ६ बजे भएको डेली मेलले समाचारमा उल्लेख गरेको छ ।
महारानी सामान्यत: गृष्ममा बालमोरल दरबारमै बिताउने गर्थिन् । सोही परम्पराअनुरुप उनी पछिल्ला दिनदेखि सोही दरबारमा थिइन् । मंगलबार उनले सोही दरबारबाटै नयाँ प्रधानमन्त्रीका रुपमा लिज ट्रसलाई पनि भेटेकी थिइन् ।
महारानी एलिजावेथ गत वर्ष अक्टोबरदेखि स्वास्थ्य समस्याबाट ग्रसित थिइन् । सन् १९५२ मा बेलायतकी महारानी बनेकी थिइन् । महारानी एलिजाबेथ द्वितीयले ७० वर्षभन्दा बढी शासन गरेकी छन् ।महारानी एलिजाबेथ द्वितीयका चार छोराछोरी, आठ नाति नातिना र १२ पनाति-पनातिना छन् ।
