- तेस्रो आँखा डेस्क
काठमाडाैं,२६ मंसिर । संवैधानिक हैसियत गुमाउने खतरा बढेपछि पाँच पटक भाका सारेको कांग्रेसले अन्ततः महाधिवेशनको उदघाटन गत शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा गर्याे । १३ औं महाधिवेशनबाट संस्थापन र संस्थापनइतर गरि दुई गुटको रुपमा कसिएको कांग्रेसको डोरी १४ औं महाधिवेशनको मनोनयन दर्तासम्म आइपुग्दा ६ वटा गाठोमा परिणत भयो । कांग्रेसको नेतृत्वका लागि ६ जनाले मनोनयन दर्ता गरेपनि एक जनाले फिर्ता लिएसँगै अब पाँच जनामा नेतृत्वका लागि प्रतिस्पर्धा हुने छ ।
संस्थापनइतरको कमाण्ड गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूमाथि साझा उम्मेदवारमा सहमति जुट्न नसकेपछि कुनैपनि पदमा उम्मेदवारी दिएनन् । साझा उम्मेदवारको टुंगो लाग्न नसकेपछि संस्थापनइतर दुई धूर्वमा विभाजित हुन पुग्यो । एउटा समूहको पुर्वमहामन्त्री तथा १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले गरेका छन् भने, अर्काे समूहको नेतृत्व डा.शेखर कोइरालाले ।
संस्थापनमा भने अहिलेपनि सभापति शेरबहादुर देउवाकै वर्चश्व कायमै छ । संस्थापनभित्र सभापतिमा कुनै विमति नरहेपनि पदाधिकारीमा देउवालाई निकै चुनौती देखियो । त्यसको उदाहरण हो देउवाका विश्वास पात्र मानिएका चर्चीत अनुहार विश्वप्रकाश शर्मा प्रकाशमानको समुहमा महामन्त्रीको उम्मेदवारमा देखिनुभयो ।

गज्जवको कुरा त के भने उम्मेदवारी दर्ता गर्दै गर्दा पत्रकारलाई प्रतिकृया दिन सभापतिको उम्मेदवारी दिएकाको उपस्थितीमा भएन उनिहरुले महामन्त्रीमा कस्लाई उम्याएका छन् भन्ने कुरा महत्वपुर्ण बन्यो । सभापतिको उम्मेदवारी दर्तागरि फर्किने क्रममा प्रकाशमान सिंहले विश्वप्रकाशलाई छेउमै राखेर पुनः प्रतिकृया दिए ।
विश्वप्रकाश ढिला उपस्थित भएपछि सिंहले आफ्नो भनाई राख्दै नजिकै भिडियामा प्रतिकृया दिदै थिए । त्यहि क्रममा शर्मा आएसंगै उनले छेउमै राखेर आफ्नो भनाइ राख्न लगाए । सिंहले पार्टीमा चर्चीत अनु्हार शर्मा र कोइराला परिवारको तर्फबाट गीरिजाप्रसाद कोइरालाकी छोरी सुजता कोइरालाई उपसभापतिमा अघि सारेका छन् ।
अर्काे कुरा गगन उम्मेदवारी दिन राष्ट्रिय सभा गृहमा प्रवेश गर्र्दै गर्दा मिडियाले घेरिहाले, जसो तसो उम्किएका थापा सभागृह प्रवेश गर्ने भर्याङ पत्रकारहरुमा पुनः घेरिए । खासमा त्यहाँ सामुहिक फोटाकालागि सभापतिका उम्मेदवार शेखर कोइराला, महामन्त्रीका उम्मेदवार मिनेन्द्र रिजाल, उपसभापति चन्द्र भण्डारी लगायतका थुप्रै नेताहरु उनलाई पर्खिए बसेका थिए ।

१३ औं महाधिवेशनमा कृष्ण सिटौलाको प्यानलमा महामन्त्रीमा उम्मेदवारी दिएका थापा १४ औं महाधिवेशनमा आइपुग्दा, संस्थापनइतरमा देखिएका थिए । काठमाडौंको अधिवेशनमा सिंहसँग सहकार्य गरेका थापा अन्तिम अवस्थामा कोइरालासँग देखिए । यसले के बुझाउछ भने नेतृत्वको मोह पुराना नेतालाईमात्रै छैन, नयाँ नेताहरुमा पनि कम छैन ।
संस्थापनमा सभापतिकालागि शेरबहादुर देउवाले उम्मेदवारी दिदै गर्दा महामन्त्रीमा प्रकाशशरण महत, प्रदिप पौडेल, वालकृष्ण खाँण, कृष्ण प्रसाद सिटौला लगाएतका नेताहरु उपस्थित थिए । त्यसमा आर्कषकको केन्द्र प्रदिप पौडेल बने, विश्व प्रकाश शर्मा सभापति देउवाको प्यानलमा आउने पक्कापक्की हुदा सभापति देउवाले लोकप्रियता र सिटौलाको समर्थन पाउन विश्वलाई सहमहामन्त्रीमै थन्क्याउन प्रदिपलाई अघि सारेपछि विमति भयो ।

उम्मेदवारी दर्ता सँगै सभापति देउवाले आफ्ना कुनै प्रतिकृया पत्रकारलाई दिएनन् बरु महामन्त्रीका उम्मेदवार प्रकाश शरण महत र प्रदिप सञ्चारमाध्यममा हिरो भए । अर्का, सभापतिका उम्मेदवार विमलेन्द्र निधिले महामन्त्रीमा कसैलाई अघि सारेका छैनन् । कांग्रेस १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासीले चर्चीत अनुहारलाई आफ्नो आडमा राख्नु कतिले चुनावलाई आफ्नो पक्षमा पार्नु रहेको आकलन गरेका छन् । भने कतिले चर्चीत अनुहारको नेतृत्वमा आउने रणनीति रहेको ठम्याएका छन् ।
यसरी हेर्दा चर्चीत अनुहार गगन थापा, विश्व प्रकाश शर्मा, प्रदिप पौडेल छुट्टाछुट्टै प्यानलमा देखिनु र नेताहरुले उनिहरुलाई काँखी च्याप्नुले कांग्रेसभित्रको अबको भावी नेतृत्व कस्तो बन्छ भन्ने आकंनल बढेको छ । तर, यही महाधिवेशनमा पुरानो समूहबाट अलग्गिएर उम्मेदवार बनेका सिंह र निधिसँग बलियो गुट छैन ।
त्यसैले महामन्त्रीमा देउवा प्यानलका महत र पौडेल तथा कोइराला प्यानलका थापा र रिजालबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । तर, पार्टी संगठन र आममानिस माझ सिंह प्यानलबाट उम्मेदवार बनेका शर्माको लोकप्रियता कम छैन । तर महामन्त्रीमा उम्मेदवार बनेका चारै चर्चीत अनुहार एक अर्काका राम्रा साथी पनि हुन ।
महामन्त्रीमा उम्मेदवार बनेका महत र रिजाल २०५९ सालमा कांग्रेस विभाजित हुँदा शेरबहादुर देउवासँगै कांग्रेस प्रजातान्त्रिकमा संगठित थिए । त्यस्तै, विश्वप्रकाश शर्मा, गगन थापा र प्रदीप पौडेल विद्यार्थी राजनीतिबाट सँगैं छन् । विद्यार्थी राजनीतिमा शर्मा, थापा र पौडेल एउटै गुटमा थिए, त्यो गुटको नेतृच्व शर्माले गरेका थिए । जहाँ थापा र पौडेललाई अघि बढाए । काग्रेसलाई १४ औं महाधिवेशनले के पनि सिकाइ दिएको छ भने, नेतृत्वमा आउन अनुभव मात्रै होइन लोकप्रियता पनि उत्तीकै आवश्यक छ ।
