• ट्रेण्डिङ्ग :
पेट्रोलियम पदार्थको सम्बन्धमा घोषणा गरिएका आन्दोलनका कार्यक्रम फिर्ता लिन निगमको आग्रह

पेट्रोलियम पदार्थको सम्बन्धमा घोषणा गरिएका आन्दोलनका कार्यक्रम फिर्ता लिन निगमको आग्रह


  • 4.5K
    SHARES
    • भाद्र २४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.9K Views

    पेट्रोलियम पदार्थको सम्बन्धमा घोषणा गरिएका आन्दोलनका कार्यक्रम फिर्ता लिन निगमको आग्रह

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्ति तथा विक्री वितरणमा अवरोध पुर्‍याउन सार्वजनिक गरिएका आन्दोलनका कार्यक्रमहरु फिर्ता लिन आग्रह गरेको छ । 

    images

    निगमले शुक्रबार विज्ञप्ति जारी गर्दै दशैं, तिहार तथा छठ जस्ता चाडपर्व सुरु हुने क्रममा रहेकाले सार्वजनिक गरिएका कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो । सर्वसाधारणको लागि अति आवश्यक पेट्रोलियम पदार्थको आयात, ढुवानी एवं विक्री वितरणलाई सहज बनाउन सहयोग गर्न समेत निगमले अनुरोध गरेको छ । 

    भारतबाट ल्याउने पेट्रोलियम पदार्थको पि. डि. ओ. नलिने एवं भदाै २५ बाट सबै नाकाबाट भारततर्फ लोडिङ गर्न नजाने कार्यक्रम सार्वजनिक गरेको प्रति निगमको ध्यानाकर्षण भएको जनाउँदै निगमले प्रेषित मागहरुका व्यवस्थापनमा सकारात्मक भएको जनाएको छ ।

    298725537_438387948264037_6987894126349379848_n.png

  • सम्बन्धित विषय:

  • # नेपाल आयल निगम

  • तेस्रो आँखा
    लेखकबाट थप