• ट्रेण्डिङ्ग :
वैद्य नेतृत्वकाे पार्टीका असन्तुष्ट नेताले गरे नयाँ मोर्चाकाे घोषणा

वैद्य नेतृत्वकाे पार्टीका असन्तुष्ट नेताले गरे नयाँ मोर्चाकाे घोषणा


  • 4.1K
    SHARES
    • भाद्र २४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.4K Views

    वैद्य नेतृत्वकाे पार्टीका असन्तुष्ट नेताले गरे नयाँ मोर्चाकाे घोषणा

    काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)पाटीर्को असन्तुष्ट समूहले नयाँ मोर्चा घोषणा गरेको छ । काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरेर असन्तुष्ट समूहले ‘क्रान्तिकारी मोर्चा नेपाल’ घोषणा गरेको हो ।

    images

    नवगठित मोर्चाले आगामी मंसिरमा हुने संघीय र प्रदेशको निर्वाचनसमेत बहिष्कार गर्ने निर्णय गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका अध्यक्ष विष्णु खड्काले पार्टीभित्र आफूहरुले विद्रोह गरेर संयुक्त राजीनामा दिएर नयाँ मोर्चा घोषणा गरेको जानकारी दिए ।

    उनले भने, ‘हामीले क्रान्तिकारी शक्तिको रक्षा गर्नूपर्ने माग अघि सारेका थियौं । यदि साँच्चिकै क्रान्तिकारी पार्टी हो भने सिद्धान्त र व्यवहारमा तालमेल हुनैपर्छ । देखाउने दारा एउटा र चपाउने दारा अर्कोको रुपमा पार्टीको विकास भयो र लाइन छाडेपछि पार्टी परित्याग गर्‍यौँ।’ उनले पार्टी क्रान्तिकारी मुद्दाहरु लागु नगरी दासहरु उत्पादन गर्ने भट्टीको रुपमा विकास भएकोसमेत आरोप लगाए ।

    अध्यक्ष खड्काले वैद्य नेतृत्वको पार्टीभित्र स्वार्थका झुण्डहरुको गुट, नेतृत्वको गुलामी गर्नेको समूह, दलालीकरणको विकाससँगै क्रान्तिकारी आवरणमा प्रतिक्रान्तिकारीहरु हावी भएको समेत टिप्पणी गरे । उनले नेतृत्वमा संकिर्णवाद, जडसुत्रवाद, निम्न पुँजीवादी चिन्तन र दक्षिणपन्थी अवसरबाद हावी भएको पनि आरोप लगाए ।

    अध्यक्ष खड्काले २०७८ चैत्र १३ गते ५ नं. प्रदेशबाट र गत साउन १६ गते ३ नं प्रदेश साथै देशैभरिबाट सामूहिक राजीनामा दिँदै औपचारिक रुपमा पार्टी परित्याग गरेको जनाए । खड्कालगायत केन्द्रीय सदस्य सुरेश वली, प्रदेश सदस्य धनवीर चौधरीलगायत सयौंको संख्यामा परित्याग गरी नयाँ मोर्चा निर्माणमा लागेको उनले दाबी गरे ।