• ट्रेण्डिङ्ग :
वर्षामा  देशभरका सडकको दूरावस्था : चार पूर्ण र १४ आशिंक अवरुद्ध !

वर्षामा  देशभरका सडकको दूरावस्था : चार पूर्ण र १४ आशिंक अवरुद्ध !


  • 6.3K
    SHARES
    • भाद्र २४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    वर्षामा  देशभरका सडकको दूरावस्था : चार पूर्ण र १४ आशिंक अवरुद्ध !

    काठमाडौं । वर्षाका कारण बाढी पहिरो आउँदा देशभरका चार सडक पूर्णरूपमा र १४ सडक आशिंकरूपमा अवरुद्ध भएका छन् । साँफेबगर-मार्तडी-कोल्टी, बालाजु-त्रिशूली-धुन्चे-स्याफ्रुबेसी, बेलरिया-भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङजा-पोखरा र डुम्रे-बेँशीसहर-चामे सडक अवरुद्ध बनेका हुन् ।

    images

    साँफेबगर-मार्तडी-कोल्टी सडक अम्कोट-बल्दे र बाजुरामा अवरुद्ध छन् । बर्षा र लेदो आउने क्रम रोकिएपछि यातायात खुलाउने काम गरिने र वैकल्पिक बाटोका लागि सहमति जुटाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ । सडक खुलाउनका लागि लोडर, स्काइभेटर निर्माणस्थलमा तयारी अवस्थामा भएको र वैकल्पिक बाटोका लागि स्थानीयवासीसँग जग्गा विवाद मिलाउने प्रयास भइरहेको छ । 

    बालाजु-त्रिशुली-धुन्चे-स्याफ्रुबेसी सडक रसुवा जिल्लाको बनुवामा अवरुद्ध रहेको छ । सो सडकको वैकिल्पक सडक मध्यम खालका सवारीसाधनका लागि खुलाइएको र अवरुद्ध सडक खुलाउनका लागि मर्मत भइरहेको विभागले जनाएको छ । सिद्धार्थ राजमार्गको हिउँदे खोलामा सडक अवरुद्ध रहेकामा अहिले ‘हेभि इक्वुपमेन्ट’को प्रयोग गरेर सडक खुलाउन प्रयास भइरहेको छ । डुम्रे–बेँशीसहर–चामे सडक लमजुङको उदीपुरमा अवरुद्ध भएको थियो । हाल सो स्थानमा अवरोध पन्छाउन थालिएको छ । 

    आंशिकरूपमा चालु सडकमा कोशी राजमार्ग, पृथ्वी राजमार्ग, डुम्रे-बेँशीसहर-चामे, सिर्सिया-पथलैया-हेटौँडा-भैँसे, तानसेन-रिडि-कोरला, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, कणार्ली राजमार्ग र सिद्धार्थ राजमार्ग रहेका छन् । यी सडकका विभिन्न खण्ड बाढी र पहिरोका कारण सडक अवरुद्ध बनेका छन् । वैशाखयता २१ राजमार्गको १४९ स्थानमा सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेका थिए । ती सडकमध्ये हाल १३३ स्थानमा सडक दुवैतर्फबाट चालु रहेका छन् । एकातर्फबाट मात्रै चालु सडक १४ रहेका छन् ।