• ट्रेण्डिङ्ग :
दार्चुलामा पहिरोमा पुरिएर बेपत्ता ५ जनाको शव भेटियो, ७ जना सम्पर्कविहीन

दार्चुलामा पहिरोमा पुरिएर बेपत्ता ५ जनाको शव भेटियो, ७ जना सम्पर्कविहीन


  • 5.0K
    SHARES
    • भाद्र २५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    दार्चुलामा पहिरोमा पुरिएर बेपत्ता ५ जनाको शव भेटियो, ७ जना  सम्पर्कविहीन

    धनगढी । दार्चुलामा पहिरोमा पुरिएर बेपत्ता भएका पाँच जनाको शव फेला परेको छ । अविरल वर्षापछि आएको पहिरोमा परेर बेपत्ता भएका नौगाड गाउँपालिकामा तीन र महाकाली नगरपालिकामा दुईजना गरी पाँच जनाको शव भेटिएको प्रहरीले जनाएको छ । सातजना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

    images

    पहिरोमा परेर नौगाड गाउँपालिका २ बस्ने १५ वर्षीया धनुली ठगुन्ना, ३२ वर्षीया जानकी ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको ज्यान गएको हो । महाकाली नगरपालिका १, सल्ला बस्ने ४३ वर्षीया मानमती कार्की र २ बस्ने ७७ वर्षीय नन्दराम बोहराको पनि शव भेटिएको प्रहरीले जनाएको छ । महाकाली नगरपालिका १ बस्ने धनसिंह कार्की, उनका छोरा दीपक कार्की र दिनेश कार्कीसहित ३ जना अझै बेपत्ता छन् ।

    बेपत्ता सवैको घरसमेत पहिरोले पुरिएको छ । अर्कातिर महाकाली नगरपालिका २, मैखोली बस्ने ६३ वर्षीया मानमती शाहु बेपत्ता छिन् । पहिरोमा परेर बेपत्ता भएको अन्य तीन जनाको परिचय खुलेको छैन । क्षतिको विवरण अझै संकलन गर्ने काम भइरहेको छ ।